• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गर्न सुरक्षा प्रमुखहरूलाई प्रधानमन्त्रीको निर्देशन

    408
    SHARES



    काठमाडौँ । प्रधानमन्त्री बालेन्द्र शाह ‘बालेन’ले थापाथली क्षेत्रको सुकुमबासी बस्ती खाली गराउन सुरक्षा प्रमुखहरूलाई निर्देशन दिएका छन् ।

    बुधबार आईजीपी दान बहादुर कार्की र सशस्त्र प्रहरीका आईजी राजु अर्यालसहितका उच्च सुरक्षा अधिकृतहरूलाई बोलाएर शाहले सो निर्देशन दिएका हुन्।

    आउँदो शनिबार र आइतबार सम्ममा बागमति खोला किनारको बस्ती खाली गराउन प्रधानमन्त्रीबाट निर्देशन प्राप्त भएको छलफलमा सहभागी एकजना उच्च सुरक्षा अधिकृतले बताए ।

    ती अधिकृतले भने, ‘त्यसबारे छलफल भएको छ, काठमाडाैँका प्रमुख जिल्ला अधिकारीसँग यसबारे थप छलफल हुन्छ।’

    बालेन काठमाडौँ महानगरको मेयर हुँदा पनि काठमाडौँको सुकुमबासी बस्ती हटाउने प्रयास गरेका थिए । त्यसबेला सुकुमबासीहरुले गरेको प्रतिवादका कारण महानगरको प्रयास बिफल भएको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ