• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    अमेरिकाको लुजियानामा आफ्नै सन्तानसहित ८ बालबालिकाको गोली हानेर हत्या

    309
    SHARES



    एजेन्सी । अमेरिकाको लुजियानाका एक व्यक्तिले आइतबार बिहान आफ्ना ७ छोराछोरी सहित आठ बालबालिकाको गोली हानी हत्या गरेका छन्।

    ३१ वर्षीय शमार एल्किन्सले श्रीभपोर्टमा एउटै घरमा तीन बालक र पाँच बालिक सहित आठजनाको हत्या गरेको स्थानीय अधिकारीहरूको हवाला दिंदै द एसोसिएटेड प्रेसले लेखेको छ।

    मृतकहरू सबैको उमेर ३ देखि ११ वर्षको बीचमा थियो। घटनामा एल्किन्सले दुई महिला माथि पनि गोली प्रहार गरेका थिए। बन्दुकधारी एल्किन्सको घटना पछि प्रहरीसँगको मुठभेडपछि मृत्यु भएको छ। स्थानीय प्रहरीका अनुसार एल्किन्स सन् २०१९ मा हातहतियार सम्बन्धी एक मुद्दामा पक्राउ परेका थिए।

    उनले किन हत्या गरे भनेर प्रशासनले खुलाएको छैन। तर आफुलाई एल्किन्सकी श्रीमतीको नातेदार बताउने क्रिस्टल ब्राउनका अनुसार एल्किन्स र श्रीमतीको सम्बन्ध विच्छेद हुँदै थियो।

    उनीहरू सोमबार अदालतमा उपस्थित हुनुपर्ने थियो। गोली चल्नुअघि दम्पतीबीच छुट्टिने विषयलाई लिएर विवाद भइरहेको ब्राउनले बताइन्।

    श्रीमतीकलाई गोली हाने पछि एल्किन्सले नजिकैको अर्को घरमा गएर आफ्ना सन्तान सहित आठ बालबालिकाको हत्या गरे। एक बालक छतमा मृत फेला परेका थिए।

    उनी भाग्न खोज्दा लखेटेर त्यहाँ मारिएको प्रहरीको अनुमान छ। अर्का एक बालक छतबाट हाम फालेर बच्न सफल भए। उनलाई अस्पताल लगिएको र उनको अवस्था सुधारोन्मुख छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ