• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सरकारले माग्यो स्थानीय तहको सीमा र संख्या हेरफेर गर्न सुझाव

    299
    SHARES



    काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले गाउँपालिका, नगरपालिका तथा वडाको संख्या र सीमाना हेरफेरका लागि सरोकारवाला निकायसँग सुझाव माग गरेको छ ।

    मन्त्रालयले सबै जिल्ला समन्वय समिति, स्थानीय तह तथा सम्बन्धित निकायलाई पत्राचार गर्दै राय र सुझाव उपलब्ध गराउन अनुरोध गरेको हो । स्थानीय सरकार सञ्चालन ऐन, २०७४ का विभिन्न प्रावधानअनुसार स्थानीय तहको सिमाना हेरफेर, मर्जर तथा नगरपालिकाको वर्गीकरण पुनरावलोकन गर्ने उद्देश्यले प्रारम्भिक मस्यौदा तयार गरिएको मन्त्रालयले जनाएको छ ।

    उक्त मस्यौदालाई अन्तिम रूप दिन जिल्ला समन्वय समिति महासंघ, नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघलाई समेत सहजीकरणका लागि बोधार्थ पठाइएको छ ।

    मन्त्रालयका अनुसार ऐनको दफा ३, ५, ६, ७ र ८ अनुसार गाउँपालिका तथा नगरपालिकाको सिमाना हेरफेर, दुई वा बढी स्थानीय तह गाभ्ने तथा वडाको संख्या समायोजन गर्ने विषय समेटिएको छ ।

    यस सम्बन्धमा कुनै पनि राय वा सुझाव भए तीन दिनभित्र मन्त्रालयको आधिकारिक इमेलमा पठाउन सरोकारवालालाई आग्रह गरिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ