• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    हिन्द महासागरमा प्रवासी सवार डुंगा दुर्घटना हुँदा २५० जना बेपत्ता

    265
    SHARES



    काठमाडौं । बंगलादेशबाट मेलिसिया जाँदै गरेको डुंगा हिन्द महासागरको पूर्वी किनारमा पर्ने अण्डमान सागरमा दुर्घटना हुँदा २५० जना वेपत्ता भएका छन् ।

    संयुक्त राष्ट्र संघको शरणार्थी तथा प्रवासन एजेन्सीका अनुसार अण्डमान सागरमा डुंगा दुर्घटना हुँदा २५० रोहिङ्ग्या र बंगलादेशी नागरिक वेपत्ता भएका हुन् ।

    बीबीसीमा प्रकाशित समाचारअनुसार दुर्घटनामा परेको माछा मार्न प्रयोग हुने उक्त डुंगा बंगलादेशबाट मलेशियातर्फ जाँदै थियो । तीव्र गतिको हावा, खराब समुद्री अवस्था र क्षमताभन्दा बढी मानिसहरू सवार रहेका कारण डुंगा समुद्रमा डुबेको समाचारमा उल्लेख छ ।

    बंगलादेश कोस्ट गार्डले समाचार एजेन्सी एएफपीलाई ९ अप्रिलमा उनीहरूको एक जहाजले डुंगा दुर्घटनामा परेका नौ जनाको उद्दार गरेको थियो ।

    उक्त डुंगा कहिले दुर्घटनामा परेको भन्ने बारे स्पष्ट नभएको बीबीसीमा उल्लेख छ । रोहिङ्ग्या म्यानमारको एक अल्पसंख्यक समुदाय हो । सन् २०१७ मा भएको हिंस्रक अभियानपछि उनीहरू ठूलो संख्यामा बंगलादेश भागेका थिए ।

    बहुसंख्यक बौद्ध धर्मावलम्बी रहेको म्यानमारमा रोहिङ्ग्या मुसलमानलाई नागरिकता दिइँदैन । बांगलादेशको खराब अवस्थाका कारण कयौं रोहिङ्ग्या जोखिमयुक्त समुद्री यात्रा गरेर मलेशिया जाने गरेका छन् ।

    बंगलादेश कोस्ट गार्डको जहाजले उद्दार गरेका मध्येका एक रफिकुल इस्लामले उद्दार हुनुअघि आफूले झण्डै ३६ घण्टासम्म समुद्रमा तैरिनु परेको बताएका छन् । मलेशियामा नोकरी मिल्ने भनिएपछि आफूले जोखिमयुक्त यात्रा गरेको ४० वर्षीय इस्लामको भनाइ छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ