• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    रहिनन् दिग्गज भारतीय गायिका आशा भोस्ले, ९२ वर्षको उमेरमा निधन

    410
    SHARES



    काठमाडौँ । प्रसिद्ध भारतीय गायिका आशा भोस्लेको ९२ वर्षको उमेरमा निधन भएको छ। मुम्बईस्थित ब्रीच क्यान्डी अस्पतालमा उपचारका क्रममा उनको निधन भएको भारतीय संचारमाध्यमले जनाएका छन्।

    आशा भोस्ले केही समयदेखि अस्वस्थ थिइन्। मुटु र श्वासप्रश्वासमा समस्या भएपछि उनलाई शनिबार आइसीयूमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको निधन भएको जनाइएको छ। आशा भोस्लेका छोरा आनन्दले आइतबार दिउँसो यो खबर पुष्टि गरेका छन्।

    आशा भोस्ले भारतीय संगीत उद्योगकी सबभन्दा प्रतिष्ठित पाश्र्वगायिकामध्ये एक मानिन्छिन्। उनले दशकौंसम्म हिन्दी चलचित्र संगीतमा आफ्नो सशक्त उपस्थिति जनाउँदै हजारौं गीत गाएकी थिइन्।

    आशा भोस्लेले थुप्रै कालजयी र सुमधुर नेपाली गीतमा समेत स्वर दिएकी छन्। उनले स्वर दिएका ‘यो हो मेरो प्राणभन्दा प्यारो माइतीघर’, ‘गैरीखेतको शिरै हान्यो’, ‘मोहनी लाग्ला है’ लगायत थुप्रै नेपाली गीत कालजयी छन्।

    उनको अन्तिम संस्कार सोमबार गरिने जनाइएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ