• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    नयाँ शैक्षिकसत्र : विद्यार्थी भर्ना वैशाख १५ र पठनपाठन २१ गतेबाट

    277
    SHARES



    काठमाडौं । नयाँ शैक्षिक सत्र–२०८३ का लागि विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने भएको छ ।

    सरकारले १५ वैशाखबाट शैक्षिकसत्र सञ्चालन गर्ने निर्णय गरेको थियो । तर भर्ना कहिलेबाट हुने भन्ने अन्योल भएपछि शिक्षा तथा मानव स्रोत विकास केन्द्रले भर्ना पनि १५ गतेबाट नै हुने स्पष्ट पारेको हो ।

    केन्द्रले जारी गरेको सूचनामा भर्ना अभियान वैशाख १५ गतेबाट र वैशाख २१ गतेबाट पठनपाठन सुरु हुने उल्लेख छ । यसअघि १ वैशाखबाट शैक्षिकसत्र सुरु हुने गरेको थियो ।

    सूचनामा वैशाख २ गतेदेखि प्रवर्धनात्मक र रचनात्मक शैक्षिक कार्य गर्न भनिएको छ । १५ वैशाखअघि शैक्षिक सत्रका कार्ययोजना निर्माण गर्ने, वार्षिक कार्यतालिका, शैक्षणिक योजना निर्माण/तयारी गर्ने, विद्यालय सुधार योजना निर्माण तथा अद्यावधिक गर्ने भनिएको छ ।

    त्यसैगरी शिक्षकको पेशागत क्षमता विकासका कार्य सञ्चालन गर्ने र विद्यार्थीको सिकाइ उपलब्धि सुधारसम्बन्धी योजना निर्माण गर्ने भनिएको छ ।

    शैक्षिक संस्थामा शनिबार र आइतबार २ दिन सार्वजनिक बिदा दिने निर्णय भएकाले सोही अनुसार शैक्षिक कार्यक्रम तयार गरी कार्यान्वयन गर्न भनिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ