• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    उपसभामुखमा राप्रपाकी सरस्वती र श्रम संस्कृतिकी रुबी कुमारीबीच प्रतिस्पर्धा

    304
    SHARES



    काठमाडौं । प्रतिनिधिसभाको उपसभामुख पदमा २ जनाको उम्मेदवारी परेको छ । राप्रपाकी सरस्वती लामा र श्रम संस्कृति पार्टीकी रुबी कुमारी ठाकुर उम्मेदवार बनेका हुन् ।

    राप्रपाले एकल समर्थक र प्रस्तावकमा उपसभामुख पदमा उम्मेदवारी दिएको छ । उता श्रम संस्कृति पार्टीकी उम्मेदवार रुबी कुमारीलाई भने सत्तारुढ दल रास्वपा र प्रतिपक्षी दल कांग्रेसले पनि पनि समर्थन गरेको छ ।

    राप्रपाकी लामाको प्रस्तावकमा दलका नेता ज्ञानेन्द्र शाही छन् भने समर्थकमा ताहिर अली, खुश्बु ओली र भरत गिरि छन् । श्रम संस्कृतिकी रुबीको प्रस्तावक पार्टीका सांसद आरेन राई छन् भने रास्वपाका सांसद अशोककुमार चौधरीले समर्थन गरेका छन् ।

    उपसभामुखमा रुबी कुमारी निर्वाचित हुने लगभग निश्चितजस्तै छ । सत्तारुढ दल रास्वपासँग एक्लै झन्डै दुई तिहाइ मत छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ