• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप, ५ जना घाइते

    284
    SHARES



    महेन्द्रनगर । कञ्चनपुर कारागारमा कैदीबन्दीबीच झडप भएको छ । कञ्चनपुरका प्रमुख प्रहरी उपरीक्षक(एसपी) खड्कबहादुर खत्रीले बुधबार दिउँसो भएको झडपमा पाँच जना कैदीबन्दी घाइते भएको बताए ।

    उनकाअनुसार घाइते हुनेमा भुवन नाथ, प्रकाश घरेडी, राजु दमाई, भुवन ऐर र आयुश बम रहेका छन् । घाइते झडप गर्ने दुवै पक्षका भएको उनले बताए ।

    घाइते भएकाहरूमा लागुऔषध र चाेरी मुद्दाका रहेको एसपी खत्रीले बताए । उनीहरू महाकाली प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ । बुधबार झडप गर्ने समूहबीच यसअघि पनि झडप भएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ