• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    पुल र ऊर्जा केन्द्र जोगाउन भन्दै इरानीहरूले रातभर जाग्राम बसेर बनाए मानव साङ्लो, विश्वभर चर्चा

    389
    SHARES



    काठमाडौं । इरानलाई होर्मुज जलसन्धि खोल्न वा नागरिक पूर्वाधारहरूमा भीषण आक्रमणको सामना गर्न डोनाल्ड ट्रम्पले धम्की दिएसँगै इरानी अधिकारीहरूले युवाहरूलाई देशका ऊर्जा केन्द्रहरू वरिपरि मानव साङ्लो बनाउन आह्वान गरे ।

    इरानी सञ्चारमाध्यमहरूले तेहरान नजिकै रहेको देशको सबैभन्दा ठूलो ऊर्जा केन्द्रलगायत उत्तर-पश्चिमको ताब्रिजमा मानिसहरू विद्युत् केन्द्रहरू बाहिर जम्मा भई इरानी झन्डा फहराइरहेको र ब्यानर बोकिरहेको देखाएका छन्। दक्षिण-पश्चिमको डेजफुलमा, १,७०० वर्ष पुरानो मानिने एउटा पुलमा मानिसहरू भेला भएका थिए।

    समाचार संस्था एपीका अनुसार, इरानका राष्ट्रपति मसुद पेजेस्कियनले १ करोड ४० लाख मानिसले आफ्नो देशका लागि लड्न स्वयंसेवकको रूपमा नाम दर्ता गराएको र ‘इरानको रक्षाका लागि आफ्नो ज्यान आहुति दिन तत्पर रहेको घोषणा गरेको’ बताए ।

    अमेरिकी राष्ट्रपतिले ‘आज राति एउटा सिङ्गो सभ्यताको अन्त्य हुनेछ’ भनी धम्की दिएसँगै यी तयारीहरू गरिएका थिए । इरानलाई होर्मुज स्ट्रेट पुनः खोल्न ट्रम्पले दिएको बेलुका ८ बजेको समयसीमा सकिनुअघि ट्रम्पले उक्त धम्की दिएका थिए । यद्यपि, अमेरिकाले दिएको समयसीमा सकिनु केही समयअघि मात्रै ट्रम्पले २ हप्ताको युद्धविराम घोषणा गरेका छन्।

    सम्भावित भीषण अमेरिकी आक्रमणको त्रासमा इरानी नागरिकहरूले देशव्यापी रूपमा ऊर्जा केन्द्रहरू घेरेर प्रतीकात्मक प्रतिरोध देखाए पनि, अन्तिम समयमा आएर दुवै पक्ष २ हप्ताको युद्धविराम र कूटनीतिक वार्तामा सहमत भएका छन्।

    इरानले होर्मुज स्ट्रेट पूर्ण रूपमा, तत्काल र सुरक्षित तवरले खुला गर्नुपर्ने सर्तमा यो युद्धविराम लागू गरिएको ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’ मार्फत जानकारी दिएका छन्।

    ट्रम्पले इरानको पूर्वाधार वरिपरि युवाहरूलाई उभ्याउने कार्यलाई ‘पूर्ण रूपमा गैरकानुनी’ भनेर आलोचना गरे पनि पाकिस्तानको मध्यस्थतामा दुई देशबीच वार्ता अघि बढेको छ।

    इरानले सुरक्षित जलमार्ग, युद्धपछिको पुनर्निर्माण र अन्तर्राष्ट्रिय प्रतिबन्ध फुकुवा गर्ने मागसहित १० बुँदे शान्ति प्रस्ताव पेस गरेको छ। ट्रम्पले यस प्रस्तावलाई ‘वार्ताका लागि एउटा व्यावहारिक आधार’ भनेका छन्।

    देशका विभिन्न स्थानमा रहेका प्रमुख ऊर्जा केन्द्रहरू (पावर प्लान्ट) र पुलहरूको वरिपरि मानिसहरूले छुट्टाछुट्टै मानव साङ्लो बनाएका थिए। सार्वजनिक भएका सुरुवाती तस्बिर र भिडियोहरूमा बुशेहर (पारमाणविक केन्द्र), हमदानको शहिद मोफत्तेह पावर प्लान्ट, कर्मानशाहको बिसोटुन पावर प्लान्ट, सेम्नानका विद्युत् प्रसारण केन्द्रहरू, लोरदेगान र अह्वाजको ह्वाइट ब्रिज जस्ता प्रमुख स्थानहरूमा दर्जनौँको संख्यामा नागरिकहरू, युवा, खेलाडी र स्थानीयहरूले हातमा हात मिलाएर मानव साङ्लो बनाएको देखिएको छ।

    द गार्जियनका अनुसार, नागरिक पूर्वाधारमा गरिने आक्रमणहरू युद्ध अपराध मानिने कानुनविद्हरू बताउँछन्। मङ्गलबारको हवाई आक्रमण सम्भवतः इरानलाई सम्झौता गर्न दबाब दिने उद्देश्यले गरिएको हुन सक्छ, तर यसको प्रभावले इरानी सत्ताभित्रको दृढतालाई अझ कडा बनाएको देखिन्थ्यो।

    इरानी सरकारी टेलिभिजनले युवा तथा किशोरकिशोरी सर्वोच्च परिषद्का सचिवको रूपमा चिनाएका अलिरेजा रहिमीले एउटा समाचार प्रसारणमा भिडियो सन्देश जारी गर्दै देशका ऊर्जा केन्द्रहरू वरिपरि मानव साङ्लो बनाउन युवाहरूलाई आह्वान गरे। उनले भने, ‘म सबै युवा, खेलाडी, कलाकार, विद्यार्थी र विश्वविद्यालयका विद्यार्थी तथा उनीहरूका प्राध्यापकहरूलाई आमन्त्रण गर्दछु।’

    उनले उनीहरूलाई ‘कुनै पनि रुचि वा राजनीतिक दृष्टिकोणको पर्वाह नगरी, इरान र इरानी युवाहरूको भविष्यसँग जोडिएका हाम्रा राष्ट्रिय सम्पत्ति र पुँजीका रूपमा रहेका ऊर्जा केन्द्रहरू वरिपरि मङ्गलबार दिउँसो २ बजे भेला हुन’ आग्रह गरे। त्यसपछि महिला, बालबालिकादखि युवा र बृद्धसमेत रातभर जाग्राम बसेर मानव साङ्लो बनाएका हुन् ।

    इरानले विगतमा पश्चिमा देशहरूसँग तनाव बढ्दा आफ्ना आणविक केन्द्रहरू वरिपरि पनि मानव साङ्लो बनाएर प्रदर्शन गरेको थियो। यसपटक

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ