• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश समाचार

    अमेरिका-इरान युद्धविराम भएसँगै बढ्यो सुनको मूल्य, आज तोलालाई कति ?

    236
    SHARES



    काठमाडौँ । अमेरिका र इरानबिच दुई हप्ते युद्धविरामको सहमति भएसँगै अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा वृद्धि भएसँगै नेपाली बजारमा पनि प्रभाव परेको छ ।

    नेपाली बजारमा बुधवार सुनको मूल्यमा ७ हजार २०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुनको मूल्य तोलामा ७ हजार २०० रुपैयाँले बढेको हो ।

    महासङ्घले सार्वजनिक गरेको विवरण अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ९९ हजार रुपैयाँ कायम भएको छ । मङ्गलवार सुनको मूल्य २ लाख ९१ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो ।

    सुनसँगै आज चाँदीको मूल्य पनि ८९३ ले बढेको महासङ्घले जनाएको छ । आज चाँदी प्रतितोला ८९३ रुपैयाँले बढेर ५ हजार २५ रुपैयाँमा कारोबार भइरहेको छ ।

    इरानमाथिको आक्रमण तत्कालका लागि स्थगित गर्ने निर्णय गरेपछि लगानीकर्ताहरू सुरक्षित लगानीतर्फ आकर्षित हुँदा सुनको भाउमा वृद्धि भएको छ ।

    अन्तर्राष्ट्रिय बजारमा स्पट गोल्डको मूल्य २.३ प्रतिशतले बढेर प्रतिऔँस ४,८१२.४९ अमेरिकी डलर कायम भएको छ । कारोबारको सुरुवाती चरणमा त सुनको भाउ ३ प्रतिशतभन्दा बढीले बढेर गत मार्च १९ पछिकै उच्च स्तरमा पुगेको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ