• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    आज देशभर मौसम बदलीको प्रभाव, ६ प्रदेशमा वर्षा र हिमपातको पूर्वानुमान

    391
    SHARES



    काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव कायम रहेको छ।

    यसको असरका कारण गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशसहित देशका अधिकांश पहाडी तथा हिमाली भूभागमा सामान्यदेखि आंशिक बदली रहेको छ भने अन्य क्षेत्रमा आंशिक बदली देखिएको छ।

    आज दिउँसो हिमाली र पहाडी भूभागमा सामान्य बदली रहने तथा बाँकी भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरूमा तथा कोशी प्रदेशको तराईका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ। उच्च हिमाली क्षेत्रमा हल्का हिमपात पनि हुन सक्ने जनाइएको छ।

    आज राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका साथै बागमती र कोशी प्रदेशको हिमाली क्षेत्रमा सामान्य बदली रहनेछ। अन्य पहाडी तथा तराई क्षेत्रमा आंशिक बदली रहने अनुमान गरिएको छ।

    लुम्बिनी, कर्णाली, सुदूरपश्चिम र गण्डकी प्रदेशका पहाडी तथा हिमाली भूभागका केही स्थानहरूमा तथा बागमती र कोशी प्रदेशका हिमाली क्षेत्रमा एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ