• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    रुपन्देहीमा प्रहरीले चलायो गोली, एक घाइते, तीन पक्राउ

    397
    SHARES



    AI जेनेरेट तस्बिर

    रुपन्देही । रुपन्देहीमा प्रहरीले चलाएको गोली लागेर एक जना घाइते भएका छन् भने लागुऔषधसहित तीन जनालाई पक्राउ गरिएको छ।

    घाइते हुनेमा रोहिणी गाउँपालिका–२ खुरहुरियाका विशाल यादव रहेका छन्। उनको बाँया खुट्टाको पिँडुलामा गोली लागेको छ र हाल भैरहवा स्थित भीम अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

    जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार रोहिणी गाउँपालिका–४ कोटहवामा लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा मोटरसाइकल जाँच गर्न खोज्दा सवार व्यक्तिहरू भाग्ने प्रयास गरेका थिए। नियन्त्रणमा लिन खोज्दा उनीहरूले ढुंगा प्रहार गरेपछि प्रहरीले एक राउण्ड हवाई फायर र दुई राउण्ड गोली प्रहार गरेको थियो।

    सो क्रममा विशाल यादवसहित भारत, महाराजगञ्ज पर्सामलिक ग्राम बिसुनपुरुवाका १८ वर्षीय अरुण कुमार र २० वर्षीय विनय पाण्डेयलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ।

    प्रहरीले उनीहरूबाट फेनरागन, डाइजेपाम र ब्रुफिन गरी प्रत्येक ११०० एम्पुल लागुऔषध बरामद गरेको छ। पक्राउ परेकामाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

    यसैबीच काठमाडौं को गौशाला–पिंगलास्थान क्षेत्रमा पनि लागूऔषध कारोबारको आशंकामा प्रहरीले गोली चलाएर दुई भारतीय नागरिकलाई पक्राउ गरेको जानकारी दिइएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ