
काठमाडौँ । नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले आफू पार्टीको कुनै पनि समूहमा नरहेको बताएका छन् ।
शनिवार काठमाडौँमा आयोजित बिपी स्मृति सामुदायिक सहकारी अस्पतालको वार्षिक साधारण सभामा बोल्दै नेता कोइरालाले सामाजिक सञ्जालहरुमा आफूलाई यो वा त्यो पक्षको भनेर प्रचार गरिएकोमा आपत्ति समेत जनाए ।
उनले आफ्नो लक्ष्य कांग्रेसलाई एकढिक्का बनाउने जिकिर गर्दै त्यसका लागि अन्तिमसम्म पनि प्रयास गर्ने बताए । कांग्रेसलाई एकढिक्का बनाएर आगामी निर्वाचनमा पहिलो राजनीतिक शक्तिको रूपमा स्थापित गराउने आफ्नो इच्छा रहेको नेता कोइरालाको भनाई थियो ।
सो क्रममा उनले बिपी कोइरालाको नाममा खोलिएको सो अस्पताललाई प्रभावकारी रूपमा सञ्चालन गर्नका लागि त्यहाँबाट अवकाश पाएका चिकित्सकहरूको विशेष योगदान रहन सक्ने समेत बताए ।
प्रतिक्रिया