• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    यूएईमा घाइते भएका नेपालीहरूको अवस्था बुझ्न दूतावासले पठायो पत्र

    219
    SHARES



    काठमाडौं । संयुक्त अरब इमिरेट्स (यूएई) को अबुधाबीमा ड्रोनका अवशेष खस्दा घाइते भएका नेपालीहरूको अवस्थाबारे जानकारी लिन यूएईस्थित नेपाली दूतावासले पहल थालेको छ । दूतावासले घाइतेहरूको विवरण र स्वास्थ्य अवस्थाबारे स्पष्ट जानकारी माग्दै यूएईको विदेश मन्त्रालयलाई औपचारिक पत्र पठाएको हो ।

    यूएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीका अनुसार घटनाबारे औपचारिक जानकारी अहिलेसम्म प्राप्त भइसकेको छैन । उनले यूएईको सरकारी सञ्चारमाध्यममार्फत सात जना नेपाली घाइते भएको खबर आएपछि दूतावासले यस विषयमा चासो लिएको बताए ।

    राजदूत क्षेत्रीले घाइते नेपालीहरुको अवस्थाबारे बुझ्ने काम भइरहेको बताए । त्यहाँको विदेश मन्त्रालयबाट आफूहरूको पत्रको जवाफ प्राप्त भइनसकेको र सोमबारसम्ममा जानकारी प्राप्त हुन सक्ने बताए । ‘शुक्रबार घटना भएको थियो । आज र भोली बिदा भयो । अब सोमबार केही जानकारी आउँछ होला’, राजदूत क्षेत्रीले भने ।

    शुक्रबार इरानले प्रहार गरेको ड्रोनलाई यूएईको वायु रक्षा प्रणालीले क्षेप्यास्त्र र अवरोधपछि अबुधाबीको अजबान क्षेत्रमा भग्नावशेष खसेको थियो । जसका कारण ७ जना नेपालीसहित १२ जना घाइते भएका थिए । जसमा ७ जना नेपाली र ५ जना भारतीय नागरिक थिए । घाइतेमध्ये एक जना नेपालीको अवस्था गम्भीर रहेको त्यहाँको सरकारी सञ्चारमाध्यमले जनाएको छ ।

    हवाई रक्षा प्रणालीले हवाई खतराहरूलाई सफलतापूर्वक रोक्ने क्रममा अबुधावीका केही भागमा भग्नावशेष खसेपछि उक्त घटना हुन पुगेको थियो । यूएईको वायु रक्षा प्रणालीले इरानबाट आउने क्षेप्यास्त्र तथा ड्रोनलाई अवरोध गर्दै आएको छ ।

    तर, शुक्रबार अवरोध गर्ने क्रममा त्यसका अवशेषहरु अजबान क्षेत्रमा खसेको थियो । घटना लगत्तै अबुधाबीका अधिकारीहरूले आपतकालीन प्रतिक्रिया टोलीहरूले प्रभावित क्षेत्रहरूलाई सुरक्षित गर्न र घाइतेहरूलाई चिकित्सा सहायता प्रदान गर्न द्रुत गतिमा काम गरेका थिए ।

    यसअघि पनि मार्च १९ मा यस्तै अवरोधपछि क्षेप्यास्त्रका अवशेष खस्दा हब्शान ग्यास सुविधा अस्थायी रूपमा बन्द गरिएको थियो । यूएईको विदेश मन्त्रालयले हब्शान ग्यास सुविधा र बाब फिल्डलाई लक्षित गर्दै गरिएको इरानी आक्रमणको कडा निन्दा गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ