• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    अबुधाबीको ग्यास केन्द्रमा मिसाइल र ड्रोनका अवशेष खस्दा एक जनाको मृत्यु, ४ जना घाइते

    188
    SHARES



    काठमाडौं । यूएईको अबुधाबीस्थित एक ग्यास केन्द्रमा ड्रोन र मिसाइलका अवशेष खस्दा एक जनाको मृत्यु भएको छ । केही व्यक्ति घाइते भएका छन् ।

    हब्शन ग्यास प्लान्टमा आगलागी हुँदा दुई पाकिस्तानी र दुई इजिप्टेली नागरिक घाइते भएका हुन् भने एक जना इजिप्टका नागरिकको मृत्यु भएको स्थानीय सञ्चार माध्यमले जनाएका छन् ।

    गल्फन्युजका अनुसार हवाई सुरक्षा प्रणालीले प्रतिरक्षा गर्दा अवशेष ग्यास केन्द्रमा खसेका थिए । सोही क्रममा साइट खाली गराउने क्रममा इजिप्टेली नागरिकको मृत्यु भएको हो ।

    घाइते भएका चार जनाको अवस्था भने सामान्य भएको समाचारमा उल्लेख छ । उनीहरुलाई तत्कालै उद्धार गरी अस्पताल पुर्‍याइएको छ ।

    यसअघि शुक्रबार, प्रतिरक्षाका क्रममा अजबान क्षेत्रमा खसेको भग्नावशेषका कारण ७ जना नेपालीसहित १२ जना घाइते भएका थिए । घाइतेमध्ये एक नेपालीको अवस्था चिन्ताजनक रहेको छ । अन्य ५ जना घाइते भारतीय नागरिक हुन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ