• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    भाँडामा पनि इन्धन बिक्री गर्ने व्यवस्था मिलाउन पेट्रोलियम डिलर्स एसोसिएसनको माग

    181
    SHARES



    काठमाडौं । नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एसोसिएसनले भाँडोमा पनि पेट्रोलियम पदार्थ बिक्री वितरण गर्ने व्यवस्था मिलाउन माग गरेको छ ।

    एसोसिएसनका महासचिव विश्वप्रसाद अर्यालले शुक्रबार विज्ञप्ति निकालेर वाणिज्य तथा आपूर्ति सचिव एवं नेपाल आयल निगमसँग यस्तो माग गरेका हुन् ।

    पेट्रोलियम पदार्थको मूल्य अप्रत्यासित रूपमा वृद्धि हुँदै जानु, सँगसँगै नियमित आपूर्तिमा समेत समस्या देखिने सम्भावना हुनु र सुरक्षा प्रणालीलाई समेत मध्यनजर गरेर निगमले पेट्रोल पम्पहरूबाट पेट्रोलियम पदार्थ बिक्री गर्दा भाँडोमा बिक्री वितरण गर्न प्रतिबन्ध लगाएको तर्फ गम्भीर ध्यानाकर्षण भएको एसोसिएसनले जनाएको छ ।

    ‘पेट्रोलियम पदार्थको प्रयोग सवारीसाधनमा मात्र हुँदैन, यसको प्रयोग कृषि, उद्योग, साना व्यापार तथा अन्यत्र विभिन्न क्षेत्रमा समेत हुन्छ भन्ने विषयमा सम्बन्धित पक्ष न अनभिज्ञ बन्न मिल्छ न सबै क्षेत्रलाई नै बेवास्ता गर्न मिल्छ । त्यसैले पेट्रालिमय पदार्थको प्रयोग र प्रयोजन अनुसार निश्चित परिमाणमा भाँडोमा पनि बिक्री वितरण गर्न पाउने व्यवस्था कसरी सुनिश्चित गर्न सकिन्छ भन्ने विषयमा प्रष्ट निर्णय हुन अनुरोध छ,’ विज्ञप्तिमा भनिएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ