• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सरकारले आगामी वर्ष सातै प्रदेशमा अटिजममा आधारित नमूना विद्यालय स्थापना गर्ने

    128
    SHARES



    काठमाडौँ । सरकारले अटिजम भएका बालबालिकाका लागि सातै प्रदेशमा नमूना आवासीय विद्यालय स्थापना गर्ने निर्णय गरेको छ।

    हरेक बालबालिका बुझाइ, सहायता र उन्नतिको हकदार भएको भन्दै शिक्षा मन्त्री सस्मित पोखरेलले उक्त निर्णयको सूचना सामाजिक सञ्जालमा पोष्ट गरेका छन्।

    ‘सरकारले अटिजम भएका बालबालिकाका लागि सातै प्रदेशमा नमूना आवासीय विद्यालय स्थापना गर्ने निर्णय गरेको छ। कार्यक्रम प्रभावकारी बनाउन अन्तरमन्त्रालय समन्वय र प्राविधिक समिति गठन गरी कार्यान्वयन तीव्र बनाएको छ,’ उनले पोष्टमा उल्लेख गरेका छन्।

    बिहीबार अटिजम दिवसको अवसरमा आयोजित कार्यक्रममा सातै प्रदेशमा अटिजम भएका बालबालिकाका लागि नमूना आवासीय विद्यालय खोल्ने घोषणा भएको शिक्षा मन्त्रालयले वेबसाइटमा राखेको प्रेस विज्ञप्तिमा उल्लेख छ। आउने वर्ष यो काम सम्पन्न गर्ने गरी विभिन्न मन्त्रालयले के के गर्ने भन्ने तय भएको मन्त्रालयले जनाएको छ।

    उक्त विज्ञप्ति अनुसार, विद्यालय स्थापनाका लागि सहरी विकास तथा भवन निर्माण विभागले भौतिक पूर्वाधार सम्बन्धी विषय, शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले सञ्चालनको कार्य ढाँचा तय गर्ने सम्बन्धी विषय, स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अटिजम भएका बालबालिकाका लागि सहयोग प्रदान गर्ने सम्बन्धी विषय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले सम्बन्धित क्षेत्रमा कार्यरत संस्थाहरूबीच समन्वय गर्ने लगायतका काम गर्ने निष्कर्ष निकालिएको छ।

    केहीवर्ष यता सरकारले बौद्धिक अपांगता भएका विद्यार्थीका लागि सातै प्रदेशमा विशेष आवासीय विद्यालय सञ्चालन गर्ने कार्यक्रम अघि सार्दै आएको छ। उक्त कार्यक्रम अन्तर्गत भएका प्रगति र निर्माणाधीन विद्यालयबारे पनि बिहीबारको कार्यक्रममा प्रस्तुतीकरण दिइएको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ