• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    संसद्‌मा हर्क साम्पाङ- एमसीसी खारेज गर्नुपर्छ, जनताले हामीलाई ढिला गर्न पठाएका होइनन्

    272
    SHARES



    काठमाडौं । श्रम, संस्कृति पार्टीका अध्यक्षसमेत रहेका सांसद हर्क साम्पाङले अमेरिकी सहायता परियोजना एमसीसी खारेज गर्न माग गरेका छन् । प्रतिनिधिसभाको पहिलो बैठकलाई सम्बोधन गर्दै उनले यस्तो माग गरेका हुन् ।

    ‘म यहाँ मनको कथा राख्न चाहन्नँ । हामी के गरिरहेका छौं, भोलि के गर्नुपर्छ । भन्नेबारे जनताका मागहरू भन्न चाहन्छु,’ उनले भने, ‘देशको लस्वाधिनता र असंलग्न परराष्ट्र नीतिलाई बचाइ राख्न सैन्य रणनीति उद्देश्यका साथ सुरु गरिएको असमान राष्ट्रघाती व्यापारिक सन्धी एमसीसी खारेज गर्नुपर्छ भनेर माग गर्दछु ।’

    साम्पाङले प्रतिनिधिसभा बैठक तोकिएको समयभन्दा ढिला सुरु भएकोमा पनि असन्तुष्टि व्यक्त गरेका छन्। संसदमा बोल्दै उनले समयको पालना नगर्ने प्रवृत्तिले नै देश पछाडि परेको भन्दै देश बनाउनुअघि सांसदहरूले आफूले आफैँलाई परिवर्तन गर्नुपर्नेमा जोड दिए।

    बैठक ढिला भएको प्रसङ्ग उठाउँदै सांसद राईले जनताले जनप्रतिनिधिलाई काममा ढिलासुस्ती गर्न नपठाएको स्मरण गराए। ‘जनताले ढिला गर भनेर हामीलाई पठाएको होइन, तर आज बैठक ढिला भयो,’ संसदमा बोल्दै उनले भने, ‘नेपाल हो, यहाँ ढिला गरेपनि हुन्छ भन्ने भाष्य लिएर हामी बसेका छौँ। हामीले उन्नति गर्न नसकेको मुख्य कारण नै यही हो।’

    देश विकासको सुरुवात समयको कदर र अनुशासनबाटै हुनुपर्ने भन्दै उनले संसदको आगामी बैठकहरूमा समयमै उपस्थित हुन सबैको ध्यानाकर्षण गराए। उनले सभामुखमार्फत माग राख्दै भने, ‘आउँदा दिनमा बैठक सुरु हुनुभन्दा ५ मिनेटअघि नै सबै उपस्थित हुनुपर्छ। म यो माग राख्न चाहन्छु।

    सांसद राईले देशको सर्वोच्च कानुन बनाउने थलो संसदमै पनि विभेद कायम रहेको बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ