• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    पर्सा मालपोतका तत्कालीन ८ अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा दर्ता

    613
    SHARES



    काठमाडौँ । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय, पर्साका तत्कालीन ८ जना अधिकृतविरूद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

    मालपोत अधिकृत हरिनारायण मिश्र, भूपबहादुर बोगटी, पदम प्रसाद अर्याल, सुरेन्द्र प्रसाद रावकुर्मीसहित ८ जनाविरूद्ध अख्तियारले बुधबार विशेष अदालतमा मुद्दा दायर गरेको हो।

    उनीहरूले २०७०/७१ मा रजिस्ट्रेसन फाँट ‘ग’ मा वर्षभरको राजस्व आम्दानी दाखिला नगरेको तथा राजस्व हिनामिना गरेको अख्तियार प्रवक्ता सुरेश न्यौपानेले जानकारी दिए।

    अधिकृत हरिनारायण मिश्र, भूपबहादुर बोगटी, पदम प्रसाद अर्याल, सुरेन्द्र प्रसाद रावकुर्मी, तत्कालीन नायक सुब्बा स्वर्गीय किरण प्रसाद उपाध्यायका हकमा अंशियार छोराहरू राजकिशोर उपाध्याय, गौतम प्रसाद उपाध्याय, पशुपति प्रसाद उपाध्याय र मुरारी प्रसाद उपाध्यायविरूद्ध मुद्दा दर्ता भएको हो।

    प्रवक्ता न्यौपानेका अनुसार २ करोड ९३ लाख ६८ हजार ५६५ रूपैयाँ राजस्व हिनामिना गरेको देखिएको छ। उनीहरूविरूद्ध फरक फरक विगो माग दाबी गरिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ