• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    एमाले सांसदहरूले प्रधानमन्त्रीसँग आज पनि भने– अध्यक्ष ओलीको रिहा गरियोस्

    114
    SHARES



    काठमाडौँ । नेकपा एमालेका सांसदहरूले मंगलबार पनि प्रधानमन्त्री बालेन शाहसँग पार्टी अध्यक्ष केपी शर्मा ओलीको रिहाइको माग गरेका छन्।

    प्रधानमन्त्री बालेनले मंगलबार सुदूरपश्चिम प्रदेशका प्रत्यक्ष निर्वाचित सांसदहरूसँग सिंहदरबारमा छलफल गरेका थिए। त्यस क्रममा आफूहरूले पूर्वप्रधानमन्त्री ओलीमाथि राजनीतिक प्रतिशोध नसाध्न आग्रह गरेको एमाले सांसद ऐन महरले बताए।

    ‘यो क्रान्तिबाट आएको सरकार होइन। आवधिक निर्वाचनबाटै आएको हो। राजनीतिक प्रतिशोध साध्न जरूरी छैन। ओलीको रिहाइ गरियोस् भन्यौं। हाम्रो कुरा त्यही हो,’ उनले भने।

    यसमा प्रधानमन्त्री बालेन शाहले कुनै जवाफ दिएनन्। सोमबार पनि धनकुटाका सांसद राजेन्द्रकुमार राईले ओलीको रिहाइको माग गरेका थिए। हिजो पनि प्रधानमन्त्री बालेनले कुनै जवाफ दिएका थिएनन्।

    उनका अनुसार एमाले सांसद गणेश ठगुन्नाले कर्मचारी तन्त्रको व्यवहार, कार्यसम्पादन राम्रो नभएको बताएका थिए। जवाफमा प्रधानमन्त्री बालेनले नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा नै यसको कारक रहेको बताउँदै अब सबै मिलेर राम्रो गर्नुपर्ने धारणा राखेका थिए।

    ‘यो कांग्रेस, एमाले, नेकपाकै कारण भएको हो। तपाईंहरूकै कारणले हो। अब सबै मिलेर राम्रो गर्नुपर्छ,’ बालेनले भनेका थिए। सुदूरपश्चिम प्रदेशका सांसदहरूले सेती लोकमार्ग, महाकाली करिडोर, गेटा मेडिकल कलेज लगायतको विषय उठाएका थिए।

    प्रधानमन्त्री बालेनले गेटा मेडिकल कलेजको काम तत्काल अघि बढाउने बताएका थिए। प्रधानमन्त्री शाहले शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको काम तत्काल अघि बढाउने बताएका थिए।

    बैठकमा प्रधानमन्त्री साहले गोकुलेश्वर विमानस्थल सञ्चालनको कामलाई पनि द्रुत गतिमा अघि बढाउने बताएका थिए। धनगढी–दीपायल द्रुतमार्ग लगायका विषयमा पनि सांसदहरूले चासो राखेका थिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ