• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    लेखकलाई प्रहरीले अदालतमा उपस्थित गरायो !

    127
    SHARES



    काठमाडौं । नेपाली कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री रमेश लेखकलाई काठमाडौं जिल्ला अदालतमा उपस्थित गराइएको छ । शनिबार बिहान भक्तपुरको कटुञ्जेस्थित निवासबाट पक्राउ परेका उनलाई प्रहरीले आज अदालत उपस्थित गराएको हो ।

    भदौ २३ र २४ गतेको जेनजी आन्दोलनमा तीन प्रहरीसहित ७६ जनाको ज्यान गएको घटनामा जिम्मेवार ठहर गरी जाँचबुझ आयोगले तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओली र तत्कालीन गृहमन्त्री लेखकलाई ज्यान मुद्दामा अनुसन्धान गर्न सिफारिस गरेको थियो । प्रहरीले ओलीलाई पनि शनिबार बिहानै पक्राउ गरिसकेको छ । ओलीलाई पनि आज अदालत उपस्थित गराइँदैछ ।

    ओलीलाई स्वास्थ्य जाँचको लागि त्रिवि शिक्षण अस्पताल (टिचिङ अस्पताल) लगिएकोमा डाक्टरको सुझाव अनुसार त्यहीँ भर्ना गरिएको छ । लेखकलाई भने प्रहरीको दुई नम्बर गण महाराजगञ्जमा राखेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ