• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सकुशल भेटियो सम्पर्कविहीन भएको हेलिकप्टर

    615
    SHARES



    काठमाडौँ । दोलखामा सम्पर्कविहीन भएको हेलिकप्टर सकुशल फेला परेको छ।

    शुक्रबार दिउँसो सम्पर्कविहीन भएको हेलिकप्टर अहिले सम्पर्कमा आएको जिल्ला प्रहरी कार्यालय दोलखाका डिएसपी मनोज लामाले जानकारी दिए।

    उनका अनुसार लक्ष्य गुम्बा रहेको स्थानमा उक्त हेलिकप्टर फेला परेको हो। ‘सुरूमा उडेको ठाउँबाट अलि माथि रहेको लक्ष्य गुम्बानिर अर्को हेलिप्याड रहेछ। त्यहाँ अवतरण गरेको हो। सबै जना सकुशल छन्,’ लामाले भने।

    उक्त हेलिकप्टर काठमाडौंबाट विगु गाउँपालिका-१ स्थित लुम्नाङमा रोकिएको थियो। त्यहाँबाट उडेर लक्ष्य गुम्बामा अवतरण गरेको अवस्थामा फेला परेको डिएसपी लामाले बताए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ