• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश समाचार

    अर्थमन्त्री वाग्लेकाे पहिलो निर्णय : १५ वटा ऐन र राजस्व अनुसन्धान विभाग खारेज

    109
    SHARES



    काठमाडौँ । नवनियुक्त अर्थमन्त्री स्वार्णिम वाग्ले ले पदभार ग्रहण गरेका छन् । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष शपथ लिएपछि उनले अर्थ मन्त्रालय पुगेर औपचारिक रूपमा जिम्मेवारी सम्हाले।

    पदभार ग्रहण गर्दै वाग्लेले उच्चस्तरीय आर्थिक सुधार सुझाव आयोग, २०८१ का सिफारिस कार्यान्वयन गर्ने प्रतिबद्धता जनाए। सोअनुसार राजस्व अनुसन्धान विभाग खारेज गर्ने र १५ वटा ऐन खारेज वा संशोधन प्रक्रिया अघि बढाइने उनले बताए।

    उनले चैत ११, २०८२ सम्मको आर्थिक स्थितिपत्र पाँच दिनभित्र तयार पार्ने तथा १०० दिने, अर्धवार्षिक र वार्षिक कार्ययोजना बनाइने जानकारी दिए। निजी क्षेत्रमैत्री नीति, ठूला आयोजनाको सहजीकरण र कानुनी तथा प्रक्रियागत झन्झट हटाउन नयाँ विधेयक ल्याइने उनले उल्लेख गरे।

    अर्थतन्त्रका समस्या समग्र रूपमा समाधान गर्ने नीति लिइने, सार्वजनिक खर्च पुनरावलोकन, आन्तरिक उत्पादन वृद्धि र ‘पेपरलेस–क्यासलेस’ प्रणाली प्रवर्द्धनमा जोड दिइने उनले बताए। अन्तर्राष्ट्रिय परिस्थितिको प्रभाव व्यवस्थापन गर्न समन्वयात्मक पहल गरिने पनि उनको भनाइ छ।

    राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहेका वाग्ले अनुभवी अर्थशास्त्रीका रूपमा चिनिन्छन्। संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम, विश्व बैंक लगायतमा काम गरिसकेका उनले राष्ट्रिय योजना आयोगमा पनि नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए।

    सुस्त आर्थिक वृद्धि, घट्दो राजस्व र बढ्दो सार्वजनिक ऋणको चुनौतीबीच नियुक्त भएका वाग्लेसमक्ष आर्थिक स्थायित्व, लगानी वृद्धि र रोजगारी सिर्जना प्रमुख चुनौतीका रूपमा देखिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ