• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    इजरायलको कारण युद्ध लम्बियो, क्षतिपूर्ति नभएसम्म आक्रमण रोक्दैनौं : इरान

    392
    SHARES



    काठमाडौं । इरानले अमेरिका र इजरायलसँगको लडाइँबाट पछि नहट्ने अडान कायम राखेको छ । अमेरिका–इजरायलको संयुक्त आक्रमणको क्षतिपूर्ति नगरेसम्म युद्ध जारी रहने इरानको अडान छ ।

    ट्रम्पले इरानमा पाँच दिनका लागि आक्रमण स्थगित गरेको घोषणा गरेपछि इरानको सो भनाइ सार्वजनिक भएको हो ।

    इरानका सर्वोच्च नेता मोज्तबा खामेनीका वरिष्ठ सैन्य सल्लाहकार मोहसेन रजाईले एक टेलिभिजनमार्फत् युद्धको क्षतिपूर्ति नभएसम्म लडाइँ जारी राख्ने बताएका हुन् ।

    उनले इरानमाथि लगाइएका सबै आर्थिक प्रतिबन्ध हटाइनुपर्ने र भविष्यमा अमेरिकाबाट कुनै हस्तक्षेप नहुने ठोस ग्यारेन्टी हुनुपर्ने पनि बताएका छन् ।

    इरानी सेना पूर्ण क्षमताका साथ लडिरहेको बताउँदै उनले नयाँ सर्वोच्च नेता मोज्तबा खामेनीको नेतृत्वमा देशलाई मजबुत रुपमा सम्हालिरहेको बताएका छन् ।

    ‘इजरायलका कारण युद्ध लम्बिएको जिकिर’

    रजाईका अनुसार यो युद्ध एक हप्ताभित्रै समाप्त हुन सक्थ्यो, तर इजरायलका कारण लम्बिएको हो । उनले भनेका छन्– अमेरिका युद्धविरामका लागि तयार थियो र संघर्ष अन्त्यतर्फ अघि बढिरहेको थियो । तर इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले आक्रमण जारी राख्न जोड दिएपछि युद्ध लम्बिएको हो । उनले दाबी गरे अनुसार युद्धको १५औं दिनपछि अमेरिकाले पनि यस संघर्षमा जितको कुनै सम्भावना नभएको बुझिसकेको थियो ।

    इरानमा नयाँ राजनीतिक व्यवस्थाका विकल्पमा काम भइरहेको छ : ट्रम्प

    यसैबीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा नयाँ राजनीतिक व्यवस्थाका विकल्पहरूमा अमेरिकाले काम गरिरहेको बताएका छन् ।

    फ्लोरिडामा पत्रकारहरुसँग कुरा गर्दै ट्रम्पले भनेका छन्– भेनेजुएलामा जस्तै नयाँ नेता ल्याउन सकिने वा अमेरिकासँग मिलेर संयुक्त नेतृत्व (ज्वाइन्ट लिडरशिप) मोडेल पनि अपनाउन सकिन्छ ।

    ट्रम्पले इरान वार्ताका लागि उत्सुक रहेको र चाँडै सम्झौता गर्न चाहेको जिकिर समेत गरेका छन् । ट्रम्पले इरानमा पाँच दिनका लागि आक्रमण स्थगित गरेको घोषणा गरेका छन् ।

    ट्रम्पले इरानमा सत्ता परिवर्तन हुन सक्ने र यसका लागि एक विशेष व्यक्तिसँग छलफल भइरहेको बताएका थिए । तर इरानले ट्रम्पको सो भनाइको खण्डन गरिसकेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ