• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    डोटीमा ९०० मिटर तल खस्यो जिप, २ जनाको घटनास्थलमै मृत्यु

    268
    SHARES



    जोरायल । डोटीमा गएराति भएको बोलेरो जिप दुर्घटना परी चालकसहित दुई जनाको घटनास्थलमै मृत्यु भएको छ।

    दुर्घटनामा परी आदर्श गाउँपालिका– ३ काँडीस्याउलेका २२ वर्षीय चालक सुबोध रोकाया सोही ठाउँका १९ वर्षीय कैलाश बिकको घटनास्थलमै मृत्यु भएको निमित्त जिल्ला प्रहरी प्रमुख डिएसपी नवराज ढुंगेलले बताए।

    गिरिचौकाबाट काँडीस्याउलेतर्फ आउँदै गरेको सुपप्र. ०१ ००१ च ३९२३ नम्बरबको राति साढे १२ बजेतिर जिप आदर्श– ६ रौसेल्ला घुम्तीबाट झन्डै ९०० मिटर मुनी खसेको थियो।

    शव खोलाबाट सडकमा ल्याउने काम भइरहेको डिएसपी ढुंगेलले जानकारी दिए। दुर्घटनाको कारण खुलिनसकेको प्रहरीले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ