• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    अमेरिकाले युक्रेनलाई खुफिया सूचना नदिए रूसले पनि इरानलाई नदिने पुटिनको प्रस्ताव

    1.1K
    SHARES



    काठमाडौँ । अमेरिकाले युक्रेनलाई रूसबारे खुफिया सूचना दिन बन्द गरेमा आफूले पनि इरानलाई त्यस्तो सूचना दिन बन्द गर्ने रूसले प्रस्ताव गरेको छ।

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष दूत स्टिभ विटकफ र ट्रम्पका ज्वाइँ जेरेड कुश्नरसँग गत हप्ता अमेरिकाको मायामीमा भएको भेटका क्रममा रुसी दूत किरिल दिमित्रिएभले त्यस्तो प्रस्ताव गरेका हुन्।

    तर अमेरिकाले भने रूसी राष्ट्रपति भ्लादिमिर पुटिनको सो प्रस्ताव अस्वीकार गरेको भनेर सो विषयबारे जानकार दुई व्यक्तिहरूको हवाला दिंदै अमेरिकी अनलाइन पोलिटिकोले लेखेको छ।

    अमेरिकाले सो प्रस्ताव अस्वीकार गरे पनि त्यसले युरोपेली देशहरूमा चिन्ता जगाएको छ। पुटिनले अमेरिका र युरोपेली देशहरूबीच फाटो ल्याउन कोशिस गरिरहेको भनेर उनीहरू चिन्तित भएका छन्। अमेरिका र इसराइलसँगको जारी युद्धमा रूसले सैन्य सहयोग प्रदान गरिरहेको इरानले पनि स्वीकार गरेको छ।

    अमेरिकी मिडिया ‘एमएस नाउ’ (पहिले एमएसएनबीसी) सँगको अन्तर्वार्तामा इरानी विदेश मन्त्री अब्बास अरागचीले युद्धको समयमा रूस इरानका लागि रणनीतिक साझेदार भएको बताएका थिए।

    जारी युद्धमा अमेरिकी सैन्य संरचना र पछिल्ला गतिविधिको सटिक सूचना पाएर इरानले हमला गरिरहेको जस्तो देखिएको समाचार आएका छन्। कतिले रूसले इरानलाई त्यस्तो खुफिया सूचना प्रदान गरिरहेको भनेर टिप्पणी गरेका थिए।

    अमेरिकी राष्ट्रपति ट्रम्पले पनि केही समयअघि सार्वजनिक रूपमा रूसले इरानलाई सहयोग गरिरहेको हुन सक्ने बताएका थिए। अमेरिकाले रूससँगको युद्धमा युक्रेनलाई सहयोग गरे जस्तै रूसी राष्ट्रपति पुटिनले पनि इरानलाई थोरै मद्दत गरिरहेको हुन सक्ने उनले अनुमान गरेका थिए।

    युक्रेनलाई अमेरिकाले दिइरहेको खुफिया सूचना बन्द गरे आफुले पनि इरानलाई त्यस्तो सूचना नदिने पुटिनले प्रस्ताव गरेका हुन्।

    (विभिन्न अन्तर्राष्ट्रिय सञ्चार माध्यमहरूको सहयोगमा तयार पारिएको)

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ