• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    क्रिप्टो कारोबारको आरोपमा तीन जना पक्राउ, १५ लाख नगद बरामद

    246
    SHARES



    काठमाडौँ । क्रिप्टो करेन्सी कारोबार गरेको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ। १५ लाख ३० हजार रुपैयाँ नगदसहित तीन जनालाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो।

    पक्राउ पर्नेमा भारतीय नागरिक प्रवेश अली, बाँकेका नरेश रेउले र सर्लाहीकी दिप्ती पोखरेल छन्। सुरूमा प्रहरीले चैत ६ गते सामाखुशीबाट रेउलेलाई पक्राउ गरेको थियो।

    उनीमाथि सोधपुछ गरेपछि दिप्ती र अलीलाई खोजी पक्राउ गरिएको थियो। उनीहरूबाट प्रहरीले १५ लाख ३० हजार रुपैयाँ बराबरको नगद बरामद गरेको थियो।

    अनुसन्धानको क्रममा उनीहरूको मोबाइलमा बाइनान्स आइडी देखिएको थियो। त्यसमा एक अर्क ३६ करोड ८० लाख ४५ हजार ५८० बराबरको कारोबार देखिएको थियो।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ