• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    पहिरोले बुटवल-पाल्पा सडक अवरुद्ध

    239
    SHARES



    बुटवल । वर्षापछि झरेको पहिरोले सिद्धार्थ राजमार्गको बुटवल-पाल्पा सडकखण्ड अवरुद्ध भएको छ । पाल्पाको तिनाउ गाउँपालिका-३ दोभानको सिद्धबाबा क्षेत्रमा सडक अवरुद्ध भएको हो ।

    आज बिहानैदेखि परेको वर्षाले सिद्धबाबा क्षेत्रमा ढुङ्गासहितको पहिरो झरेपछि सडक अवरुद्ध भएको राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय बुटवलले जनाएको छ ।

    कार्यालयका अनुसार पूर्व-पश्चिम राजमार्गमा पर्ने दाउन्ने सडकखण्डमा वर्षका कारणले बाटो चिप्लो भई दुवैतर्फको सवारी साधन पूर्ण रुपमा अवरुद्ध भएको छ ।

    सवारी साधनहरुलाई पाल्पा रुट हुँदै ड्राइभर्सन गरिएकोमा उक्त सडक समेत अवरुद्ध भएको छ । वर्षा भइरहेकाले अवरुद्ध सडक खुल्न केही घण्टा लाग्ने प्रहरीले जनाएको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ