• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    पश्चिमी र स्थानीय वायुको प्रभाव : आज सातै प्रदेशमा असिना र हावाहुरीसहित वर्षाको सम्भावना

    253
    SHARES



    काठमाडौँ । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

    जसको प्रभावले मधेस, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी पहाडी र हिमाली भूभागमा अधिकांश बादल लागेको छ । देशका बाँकी भूभागमा साधरणतया बादल लागेको छ ।

    आज दिउँसो देशभर अधिकांश बादल लाग्नेछ। कोशी, मधेस, बागमती र गण्डकी प्रदेशका धेरै स्थानहरू तथा लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको केही स्थानहरूमा चट्याङ्ग, असिना, हावाहुरीसहित मध्यम वर्षा र हिमपातको सम्भावना रहेको छ।

    आज राति देशभर साधरणतया बादल लाग्नेछ। कोशी प्रदेश लगायत बाँकी प्रदेशको हिमाली भूभागका थोरै स्थानहरूमा तथा बाँकी पहाडी भूभागका एक–दुई स्थानमा चट्याङ्ग सहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ