• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    काठमाडौंसहित देशभर हावाहुरीसहितको वर्षाले अस्तव्यस्त, कहिलेसम्म रहन्छ यस्तो अवस्था ?

    276
    SHARES



    काठमाडौं । हावाहुरीसहितको वर्षाले काठमाडौं उपत्यकासहित देशभरको जनजीवन अस्तव्यस्त बनेको छ । शुक्रबार देशको पश्चिमी क्षेत्रबाट सक्रिय भएको मनसुन सक्रिय भएको हो ।

    मौसम विज्ञान विभागको पूर्वानुमान अनुसार शक्तिशाली पश्चिमी वायुको प्रभावका कारण दिउँसै कतिपय ठाउँमा अन्धकार भएको थियो ।

    दाङ, रुपन्देही, काठमाडौं उपत्यका सहितका जिल्लामा दिउँसै अन्धकार भएकाले सवारी चालकहरु बत्ती बालेर हिंड्नुपरेको थियो । काम विशेषले बाहिर रहेकाहरुको दैनिकी प्रभावित भएको थियो ।

    भूमध्यसागरबाट अफगानिस्तान, पाकिस्तान, भारतको उत्तराखण्ड हुँदै सुदूरपश्चिमबाट यो प्रणाली नेपाल प्रवेश गरेको हो । यसको बाटो परेको पाकिस्तानबाट बढी क्षति भएको विवरणहरू आएका छन् ।

    नेपालको सुदूरपश्चिम, कर्णाली, लुम्बिनी, गण्डकी, बागमती, मधेश प्रदेशमा अहिले हावाहुरी, मेघगर्जन चट्याङ सहित पानी परिरहेको छ ।

    कोशी प्रदेशमा आजको तुलनामा भोलि शनिबारको दिन बढी प्रभाव पर्ने पूर्वानुमान गरिएको छ । त्यसैले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यस्थापन प्राधिकरणले विशेष सतर्कता अपनाउन भनेको छ ।

    जल तथा मौसम विज्ञान विभागका मौसमविद हरिप्रसाद दहालका अनुसार यस्तो अवस्था भोलिसम्म पनि कायम रहने सम्भावना छ । ‘आइतबारदेखि मौसममा क्रमिक सुधार हुन्छ’, उनले भने ।

    मौसमका अध्येता डा. धर्मराज उप्रेतीका अनुसार अहिले मनसुन सुरु हुनु भन्दा अगाडिको समय (प्रिमनसुन) चलिरहेको छ । फागुन १७ गतेयताको प्रिमनसुन समयमा यो तेस्रो वेभ यो । यो वेभ अघिल्ला दुईवटा प्रणालीभन्दा शक्तिशाली छ ।

    उनका अनुसार पानी पर्ने क्रम शनिबार रातिसम्मै जारी रहने छ । भारतको बिहारतर्फ विकसित अर्को प्रणाली उत्तरतिर सरिरहेकाले मधेश र कोशी प्रदेशमा पनि पानी पर्ने उनले बताए । ‘अहिलेसम्को अवस्था हेर्दा शनिबार राति वा आइतबार बिहानबाट मौसममा सुधार हुने अनुमान गर्न सकिन्छ’, उनले भने

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ