• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी

    126
    SHARES



    काठमाडौं । यही चैत १६ गते संघीय संसद्को अधिवेशन बोलाउने तयारी अघि बढेको छ ।

    निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्यको निर्वाचनको प्रतिवेदन राष्ट्रपति कार्यालयमा बिहीबार बुझाएको छ । योसँगै राष्ट्रपति कार्यालयले संघीय संसद्को अधिवेशन बोलाउनेबारे तयारी गरेको हो ।

    बिहीबार संघीय संसद् सचिवालयले प्रतिनिधिसभामा प्रतिनिधित्व गर्ने दलका प्रतिनिधिहरूसँग छलफल गरेको थियो । जहाँ प्रतिनिधिसभा सदस्यको शपथ र प्रतिनिधिसभा बैठक सञ्चालनका विषयमा छलफल भएको थियो ।

    छलफलले नवनिर्वाचित सदस्यहरूको शपथ यही चैत १२ गते हुने तय गरेको छ । १२ गते बिहान साढे ११ बजे ज्येष्ठ सदस्यले राष्ट्रपतिसँग शपथ लिनेछन् । सोही दिन दिउँसो २ बजे ज्येष्ठ सदस्यले अन्य सदस्यलाई शपथ गराउनेछन् ।

    त्यसपछि सरकार गठनको प्रक्रिया अगाडि बढ्नेछ । १३, १४ र १५ गते सरकार गठन र त्यससँग सम्बिन्धित कार्य हुनेछ । चैत १६ गते प्रतिनिधिसभाको पहिलो बैठक बोलाउने तयारी रहेको छ । यो विषय सर्वदीय बैठकमा समेत जानकारी गराइएको थियो ।

    संसद् सचिवालयका सहसचिव एवं प्रवक्ता एकराम गिरीले शपथपछि अधिवेशन आह्वान हुने बताए । नेपाली कम्युनिस्ट पार्टीका सांसद रमेश मल्लले पनि शपथपछि सरकार गठन र लगत्तै संसद् अधिवेशन आह्वान हुनेबारे ब्रिफिङ भएको जानकारी दिए ।

    त्यसदिन राष्ट्रपतिले अधिवेशन आह्वान गरेको सम्बन्धी पत्र पढेर सुनाउने, सरकारले पठाएका महत्वपूर्ण पत्रहरू पढेर सुनाउने, दलका नेताहरूले बोल्न चाहेको खण्डमा शुभकामना मन्तव्यका लागि समय दिने लगायतका कार्यसूची राख्ने अभ्यास छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ