• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    पर्यटक भिसामा नेपाल आएका विदेशी नागरिकलाई खेल खेल्न प्रतिबन्ध

    252
    SHARES



    काठमाडौँ । अध्यागमन विभागले पर्यटक भिसामा नेपाल आएका विदेशी नागरिकहरूलाई खेलकुद गतिविधिमा सहभागी नगराउन अखिल नेपाल फुटबल संघ (एन्फा) लाई निर्देशन दिएको छ।

    विभागले बिहीबार पत्राचार गर्दै पर्यटक भिसाको दुरुपयोग गरी विभिन्न क्लबहरूले विदेशी खेलाडीहरूलाई मैदानमा उतारेको भन्दै यस्तो चेतावनी दिएको हो।

    अध्यागमन नियमावली, २०५१ को नियम २० अनुसार भिसा प्राप्त विदेशीले जुन उद्देश्यका लागि अनुमति पाएको हो, सोबाहेक अन्य काम गर्न नपाउने स्पष्ट व्यवस्था छ। तर, एन्फाद्वारा सञ्चालित राष्ट्रिय महिला तथा पुरुष लिगमा पर्यटक भिसाधारी खेलाडीहरू सहभागी भएको उजुरी परेपछि विभागले गम्भीर चासो व्यक्त गरेको हो।

    विभागका निर्देशक टीकाराम ढकालद्वारा जारी पत्रमा भनिएको छ, ‘कुनै पनि खेलमा विदेशी खेलाडी सहभागी गराउनुपरेमा नियमानुसार कार्य सहमति र श्रम स्वीकृति लिनुपर्नेछ।

    विभागले आजैदेखि अनुगमन कार्य सुरु गरिसकेको जनाएको छ। यदि तोकिएको प्रक्रिया पूरा नगरी वा भिसाको उद्देश्य विपरीत कुनै पनि विदेशी खेलाडी खेलमा सहभागी भएको पाइएमा तत्काल कडा कानुनी कारबाही अगाडि बढाइने विभागले स्पष्ट पारेको छ।

    यस विषयमा थप समन्वयका लागि विभागले युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद्लाई समेत बोधार्थ दिँदै जानकारी गराएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ