• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    अन्तिम संस्कारका लागि यूकेबाट आएको परिवार सवार हेलिकप्टर खोटाङमा दुर्घटना !

    384
    SHARES



    काठमाडौं । खोटाङमा एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार मध्यान्हको समयमा दुर्घटनाग्रस्त भयो ।

    काठमाडौंबाट बिहान ११ बजे पाँच जना यात्रु बोकेर उडेको हेलिकप्टर अवतरण गर्ने क्रममा केपिलासगढी गाउँपालिका–२ खार्ताम्छाको बालाबेसीमा ११ बजेर ५१ मिनेटमा दुर्घटनामा परेको हो ।

    दुर्घटनामा एक जना यात्रु सामान्य घाइते भएका छन् । काठमाडौं घर भएका काजीबहादुर राईको दाहिने खुट्टामा सामान्य चोट लागेको केपिलासगढी गाउँपालिका-२ का वडाध्यक्ष मिलनकुमार राईले जानकारी दिए ।

    वडाध्यक्ष राईका अनुसार हेलिकप्टरमा नागमणि राईका आफन्तहरू सवार थिए । उनकी श्रीमती मनमछी राईको यूकेमा मृत्यु भएपछि अन्तिम संस्कारका लागि शव नेपाल ल्याइएको थियो ।

    ‘हेलिकप्टरमा ५ जना चढेपछि शव राख्ने ठाउँ भएन छ । शवबहानमा शव हालेर उहाँहरू चाहिँ काठमाडौंबाट हेलिकप्टरमा खोटाङ आउनु भएको रहेछ । अवतरण गर्ने क्रममा हेलिकप्टर दुर्घटना भएको हो ।’ वाडध्यक्ष राईले भने !

    शव भने भोलि मात्रै खोटाङ आइपुग्ने जानकारी परिवारका सदस्यबाट आफूले पाएको वडाध्यक्ष राईले बताए । हेलिकप्टरमा नागमणि राई सहित उनका छोरा बालकुमार राई, छोरी सम्झना राई, आफन्त लक्ष्मी राई र काजीबहादुर राई सवार थिए ।

    नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले पनि काठमाडौंबाट खोटाङ उडेको उक्त हेलिकप्टर अवतरण गर्ने क्रममा पल्टिएर दुर्घटनामा परेको जनाएको छ । एक जना सामान्य घाइते हुनु बाहेक चालक दल र अन्य यात्रुहरू सुरक्षित रहेको क्यानले जारी गरेको सूचनामा छ । घाइते काजीबहादुरलाई कम्पनीको अर्को हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइसकेको पनि क्यानले उल्लेख गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ