• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    लारिजानी हत्याको निर्णायक बदला लिन्छौं : इरानी सेना प्रमुख हातामी

    334
    SHARES



    काठमाडौं । इरानका सेना प्रमुख अमीर हातामीले इजरायली हवाई हमलामा मारिएका अली लारिजानीको हत्याको निर्णायक बदला लिने धम्की दिएका छन् ।

    उनले मंगलबार मारिएका सुप्रिम नेशनल सेक्युरिटी काउन्सिलका सचिव लारिजानीसँगै अन्य ‘सहिद’हरूको मृत्युको बदला लिने धम्की दिएका हुन् ।

    हातामीले भने, ‘सही समय र सही स्थानमा अपराधी अमेरिका र रक्तपिपासु जियोनिस्ट शासनलाई एक निर्णायक र यस्तो जवाब दिनेछौं, जुन अरूका लागि सबक बनोस् । उनीहरूलाई आफ्नो कर्मप्रति पछुतो होस् ।’

    इरानले मंगलवार सचिव लारिजानीको मत्युको पुष्टि गरेको थियो । त्यसअघि इजरायलले लारिजानी मारिएको दाबी गरेको थियो ।

    समाचार एजेन्सी एएफपीका अनुसार इरानको रिभोल्युशनरी गाड्र्स (आईआरजीसी) ले लारिजानीको मृत्युको बदलामा मध्य इजरायलमा पहिले नै मिसाइल प्रहार गरिएको बताएको छ । आईआरजीसी इरानको सेनाभन्दा अलग्गै संगठन हो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ