• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    जेलेन्स्की र इरानका दिवंगत शाहका निर्वासित छोरा पहलवीबीच भेट

    304
    SHARES



    काठमाडौं । इरानका दिवंगत शाहका निर्वासित छोरा रजा पहलवीले युक्रेनका राष्ट्रपति भोलोदिमीर जेलेन्स्कीसँग भेट गरेका छन् । उनीहरू बीच फ्रान्सको राजधानी पेरिसमा भेट भएको हो ।

    ६५ वर्षीय पहलवीले इरानमा अन्तरिम सरकारको नेतृत्व गर्न आफू सक्षम रहेको अभिव्यक्ति दिएका थिए । यद्यपि, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उनको दावीमाथि सन्देह जनाएका छन् ।

    इरान र रूस कयौं दशकदेखि एकअर्काका सहयोगी मुलुक हुन् । पछिल्लो समय अमेरिकाले रूसमाथि इरान युद्धमा मद्दत गरिहरेको आरोप लगाएको छ । रूसका तर्फबाट युक्रेनमाथि गरिएको आक्रमणमा इरानमा डिजाइन गरिएका ड्रोनको प्रयोग ठूलो स्तरमा भएको छ ।

    पहलवीसँगको भेटपछि जेलेन्स्कीले भने, ‘युक्रेन साच्चै एउटा यस्तो स्वतन्त्र इरान देख्न चाहन्छ, जो रूसलाई सहयोग नगरोस् र मध्यपूर्व, युरोप र विश्वलाई अस्थिर नबनाओस् ।’

    यस्तैबीच रजा पहलवीले सामाजिक सञ्जालमा भनेका छन्, ‘देशको सम्प्रभुताको रक्षाको मूल्य युक्रेनभन्दा राम्रोसँग धेरै कम देशले बुझ्दछन् ।’

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ