• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    आज यी स्थानमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

    836
    SHARES



    काठमाडौँ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको उच्च चापीय प्रणाली र नेपालको पूर्वी भू-भाग नजिक तल्लो वायुमण्डलमा रहेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ।

    मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल कोशी, बागमती र गण्डकी प्रदेश सहित लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागमा साधारणतया बादल लागेको छ र बाँकी पहाडी भू-भागमा आंशिक बादल लागेको छ । तराई भू-भागका केही स्थानहरूमा तुवाँलो लागेको छ।

    सोमबार कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेश तथा कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी र हिमाली भू-भामामा साधारणतया बादल लाग्नेछ। बाँकी भू-भागमा आंशिक बादल लाग्ने छ ।

    कोशी, मधेस, बागमती, गण्डकी प्रदेश सहित लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू-भागका थोरै स्थानहरूमा तथा कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी र हिमाली भू-भागका एक-दुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्का वर्षा र हिमपातको सम्भावना रहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ