• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    समानुपातिकतर्फ ४४ लाख मत गणना हुँदा कुन दलले कति पाए ?

    883
    SHARES



    काठमाडौँ । प्रतिनिधि सभा निर्वाचन अन्तर्गत समानुपातिकतर्फ ४४ लाखभन्दा बढी मत गणना भइसकेको छ । निर्वाचन आयोगका अनुसार अहिलेसम्म ४४ लाख एक हजार ९३३ मत गणना भएको हो ।

    राष्ट्रिय स्वतन्त्र पार्टीले अहिलेसम्म समानुपातिकतर्फ २१ लाख ७२ हजार १९ मत प्राप्त गरेको छ । रास्वपाले गणना भएको मतको ४९.३४ प्रतिशत मत प्राप्त गरेको हो ।

    यस्तै, नेपाली कांग्रेसले ७ लाख ४२ हजार ९०४ मत प्राप्त गरेको छ । यो सङ्ख्या अहिलेसम्म गणना भएको मतको १६.८८ प्रतिशत हो । नेकपा एमालेले अहिलेसम्म ६ लाख ३२ हजार १६२ मत प्राप्त गरेको छ । एमालेले १४.३६ प्रतिशत मत प्राप्त गरेको छ ।

    नेपाली कम्युनिस्ट पार्टीले ६.७० प्रतिशत अर्थात् २ लाख ९४ हजार ९०० मत प्राप्त गरेको छ । यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टीले ३.६१ प्रतिशत अर्थात् एक लाख ५८ हजार ८३० मत प्राप्त गरेको छ ।

    श्रम संस्कृति पार्टीले एक लाख २ हजार ६६० मत अर्थात् २.३३ प्रतिशत मत प्राप्त गरेको छ ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ