• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    आज ११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर मनाइँदै

    244
    SHARES



    काठमाडौँ । ११६ औं अन्तर्राष्ट्रिय श्रमिक महिला दिवस विश्वभर विविध कार्यक्रम गरी आज मनाइँदैछ । अन्तर्राष्ट्रिय नारी दिवस पनि भनिने यो दिवस हरेक वर्ष मार्च ८ तारिखका दिन मनाउने गरिन्छ ।

    नारी मुक्ति आन्दोलनकी अभियन्ता क्लारा जेट्किनले सन् १९११ मार्च ८ मा महिला कामदारमाथि भएको श्रम शोषणविरुद्ध आवाज उठाएको दिनको स्मरणमा विश्वभर यो दिवस मनाउने प्रचलन छ । नेपाल सरकारले नारी दिवसको दिन सार्वजनिक विदा दिएको छ ।

    यसवर्ष संयुक्त राष्ट्र संघबाट तय भएको “Right. Justice. Action. For ALL Women and Girls” (सबै महिला र बालिकाको लागि अधिकार, न्याय र कार्यसहितको अवसर) भन्ने आदर्श वाक्यका साथ यो दिवस मनाइदै छ ।

    दिवसको अवसरमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्रीसहित राजनीतिक दलका नेताहरुले शुभकामना व्यक्त गरेका छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ