• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    धनगढीमा श्रीमानले गरे श्रीमतीको हत्या, आरोपी फरार

    247
    SHARES



    धनगढी । कैलालीको धनगढीमा श्रीमानले श्रीमतीको हत्या गरेको घटना सार्वजनिक भएको छ। धनगढी उपमहानगरपालिका–७ देवहरियामा शनिबार राति ३० वर्षीया सरस्वती अवस्थी जोशीको हत्या भएको हो।

    जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्र तिमिल्सिनाका अनुसार सरस्वतीको हत्या उनका श्रीमान् डम्मराज जोशीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

    प्रहरीका अनुसार सरस्वती घरमै मृत अवस्थामा भेटिएकी थिइन्। उनको टाउकोमा धारिलो हतियार प्रहार गरिएको देखिएको छ। घटनापछि डम्मराज फरार रहेको प्रहरीले जनाएको छ। उनी पूर्वशिक्षकसमेत रहेको बताइएको छ।

    प्रहरीका अनुसार घटनापछि दम्पतीका छोराले छिमेकीलाई खबर गरेका थिए। त्यसपछि राति करिब १ बजे प्रहरी घटनास्थल पुगेको थियो। सरस्वतीको शव पोष्टमार्टमका लागि सेती प्रादेशिक अस्पतालमा राखिएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ