• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    सुनसरी-१ मा अग्रता बढाउँदै हर्क साम्पाङ

    87
    SHARES



    काठमाडौं । सुनसरी-१ मा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राई (साम्पाङ)ले अग्रता बढाउँदै लगेका छन् । निर्वाचन आयोगको हालसम्मको अपडेटअनुसार साम्पाङले ७८१३ मत प्राप्त गरेका छन् ।

    उनका निकटतम् प्रतिद्वन्द्वी राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)की गोमा तामाङको पाँच हजार ८७१ मत छ । सुरुवाती गणनामा साम्पाङलाई तामाङले पछि पारेकी थिइन् । तर, पछिल्लो अपडेटअनुसार साम्पाङ एक हजार ९४२ मतले अघि छन् ।

    यस्तै नेपाली कम्युनिस्ट पार्टीका सूर्यबहादुर भट्टराई एक हजार ४७३ मतसहित तेस्रो स्थानमा रहँदा नेकपा एमालेका टीकाराम लिम्बू एक हजार २१४ मतसहित चौथो स्थानमा छन् ।

    नेपाली कांग्रेसका सुजेन्द्र तामाङ एक हजार ९३ मतसहित पाँचौँ स्थानमा छन् ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ