• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    कालिकोट र रूकुम पूर्वमा नेपाली कम्युनिस्ट पार्टीको अग्रता

    260
    SHARES



    काठमाडौँ । प्रतिनिधिसभा निर्वाचन २०८२ को मतगणना जारी छ । पछिल्लो समय प्राप्त नतिजा अनुसार नेपाली कम्युनिष्ट पार्टीले २ ठाउँमा अग्रता लिएको छ । कालीकोटमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले अग्रता लिएको छ।

    कालिकोटबाट महेन्द्र बहादुर शाही उम्मेदवार छन्। उनी कर्णालीका पूर्वमुख्यमन्त्री हुन्। उनले ३ हजार ३९६ मतसहित अग्रता लिइरहेका छन्।

    यहाँ एमाले दोस्रो स्थानमा छ। एमालेका उमेदवार नागिन्द्र शाहीले २ हजार ५१२ मत पाएका छन्। कांग्रेस उमेदवार हर्षबहादुर बमले २ हजार ५०४ मत ल्याएका छन्।

    यस्तै रुकुम पूर्वको एकमात्र निर्वाचन क्षेत्रमा नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले एक हजार ४१५ मत प्राप्त गरेका छन्।

    नेकपा एमालेका उम्मेदवार लीलामणि गौतमले ४३१ र नेपाली कांग्रेसकी कुसुमदेवी थापाले ४१७ मत प्राप्त गरेको मुख्य निर्वाचन अधिकृत शिवप्रसाद खनालले जानकारी दिए।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ