• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    हिमाली जिल्लाको मतपेटिका संकलन भोलिमात्रै सकिने

    749
    SHARES



    काठमाडौँ । हिमाली जिल्लाका मतपेटिका संकलन गरेर भोलि मात्रै सकिने भएको छ।

    हेलिकप्टरको व्यस्तताका कारण कतिपय हिमाली जिल्लाको मतपेटिका संकलन शुक्रबार मात्र सम्पन्न हुने भएको हो।

    निर्वाचन आयोगका अनुसार संखुवासभा, रूकुम पश्चिम, सोलुखुम्बु, मनाङ र गोर्खाको उच्च हिमाली क्षेत्रको मतपेटिका संकलन भोलि बिहान मात्र हुनेछ।

    हिमाली क्षेत्रका १५ जिल्ला ६१ मतदानस्थलका मतपेटिका संकलन हेलिकप्टरबाट गरिदैँछ। मतपेटिका संकलनको जिम्मा नेपाली सेनाले पाएको छ।

    आयोगका अनुसार हिमाली क्षेत्रका ताप्लेजुङ, रसुवा र रुकुम पूर्वको मतपेटिका आजै संकलन गरिने भएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ