सुर्खेत। कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले मतदान गरेका छन्।
श्री कालिका आधारभुत विद्यालय पचालझरना – ९ कालिकोटबाट उनले आफ्नो मत खसालेका हुन् । नेपाली कम्युनिष्ट पार्टी कालिकोटमा उम्मेदवारसमेत रहेका शाही चौथो पटक चुनावी मैदानमा छन्।
कर्णाली प्रदेशका सबै मतदान स्थलहरूमा बिहीबार बिहान ७ बजेदेखि मतदान सुरु भइसकेकाले प्रदेश निर्वाचन अधिकृत लालबहादुर गुरुङले बताए।
कर्णालीमा १० लाख ३७ हजार २५० कुल मतदाता सङ्ख्या छ, जसमध्ये ५ लाख ९ हजार ३६१ महिला र ५ लाख २७ हजार ८८६ जना पुरुष मतदाता छन् ।
यो पटक विशेषगरी कर्णालीमा चार वटा राजनीतिक दलहरूबिच चुनावी प्रतिस्पर्धा हुने आँकलन गरिएको छ । पुराना दलहरू नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी र नयाँ राजनीतिक दल रास्वपा पनि चुनावी मैदानमा छ, सबै क्षेत्रमा उम्मेदवार उठाएको छ ।
प्रतिक्रिया