काठमाडौं । काठमाडौंको शंखरापुर नगरपालिका-९ इन्द्रेणीस्थित चावहिल साँखु सडकमा शंकास्पद वस्तु फेला परेको छ ।
निर्वाचन सुरक्षा बेस थलीबाट खटिएको प्रहरीको मोबाइल टोलीलेले सडक बीचमा शंकास्पद वस्तु फेला पारेको हो ।
सडकमा बोरामाथि बट्टामा तारले बेरेको जस्तो देखिने शंकास्पद वस्तु फेला परेको प्रहरीले जनाएको छ ।
उक्त वस्तु फेला परेपछि नेपाली सेनालाई खबर गरिएको छ । अहिले रणचन्डी गण सुन्दरीजलबाट निर्वाचनको लागि खटिएको मेजर धनबहादुर तामाङको कमाण्डमा रहेको १० जनाको टोली त्यहाँ पुगेको छ ।
प्रतिक्रिया