• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    रामेछापमा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटना : एक जनाको मृत्यु, ९ घाइते

    489
    SHARES



    काठमाडौँ । रामेछापमा मतदान अधिकृत र सुरक्षाकर्मी सवार गाडी दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ९ जना घाइते भएका छन् । रामेछापमा नगरपालिका–२ स्थित सिरुवारीमा ना.७ ख ६७६८ नम्बरको निशान गाडी सडकबाट १ सय मिटर तल खस्दा प्रहरीका असई पर्शुराम यादवको मृत्यु भएको छ।

    दुर्घटनामा परेर घाइते भएकाहरूलाई काठमाडौँ ल्याइँदै छ । सेनाको हेलिकप्टरमार्फत घाइतेहरूलाई काठमाडौँ पठाउन लागिएको जिल्ला प्रहरी कार्यालय रामेछापका एक जना अधिकृतले बताए ।

    सेनाको हेलिकप्टर मन्थलीमा पुगेको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयबाट सो गाडी मतपत्र बोकेर मतदान स्थल सितलदेवी मावि सिरुवारी र रामेछाप नगरपालिका–३ स्थित वडा कार्यालय भवन जाँदै थियो । सडकमा मोड नपुगेर दुर्घटना हुँदा चालक सहितका ९ जना घाइते भएका हुन् ।

    जिल्ला प्रहरी कार्यालय रामेछापका इन्स्पेक्टर कमल राउत नेतृत्वको टोलीले घाइतेहरूको उद्धार गरेर सदरमुकाम मन्थलीमा पठाएको छ । घटनास्थल मन्थलीबाट ३५ किलोमिटर पूर्वतर्फ पर्छ । दुर्घटना स्थलमा पुगेर सशस्त्रको विपद् उद्धार बेस खुर्कोटको टोलीले पनि उद्धार कार्य गरिरहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ