• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    अन्तराष्ट्रिय समाचार

    पाकिस्तानको अमेरिकी नियोगमा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप, ९ जनाको मृत्यु

    264
    SHARES



    एजेन्सी । इरानी सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि पाकिस्तानमा प्रदर्शन भएको छ। पाकिस्तानको कराँचीस्थितम अमेरिकी नियोगको कार्यालयअगाडि आइबार बिहान प्रदर्शन भएको हो।

    सो क्रममा प्रदर्शनकारी र सुरक्षाकर्मीबीच झडप हुँदा ९ जनाको मारिएको पाकिस्तानी समाचार संस्था द डनले जनाएको छ।

    डनले कराचीको सिभिल अस्पतालका डाक्टर मोहम्मद सबिर मेमनलाई उद्धृत गर्दै ९ जनाको मृत्यु र ३२ जना घाइते भएको उल्लेख गरेको छ।

    मृतक र घाइतेको शरीरमा गोली लागेको चोट देखिएको छ। प्रदर्शनको क्रममा सुरक्षाकर्मीले सुरूमा अश्रुग्यास प्रहार र लाठिचार्ज गरेको बताएको थियो।

    घाइते हुनेमा दुई जना प्रहरी अधिकारीहरू समेत छन्। उनीहरूको उपचारका लागि जिन्नाह पोस्टग्र्याजुएट मेडिकल सेन्टरमा लगिएको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ