• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    फेरी पक्राउ परे दुर्गा प्रसाईँ

    502
    SHARES



    काठमाडौँ । राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानका संयोजक तथा मेडिकल व्यवसायी दुर्गा प्रसाईँ पक्राउ परेका छन् । उनलाई भक्तपुर स्थित निवासबाटै पक्राउ गरिएको हाे ।

    प्रसाईँलाई जिल्ला प्रहरी परिसर भक्तपुरमा लगिएको छ । उनलाई अनुसन्धानको लागि नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर भक्तपुरका डीएसपी प्रकाश जबेगुले बताए ।

    पछिल्लो समय चुनाव बिथोल्ने भूमिका खेल्ने आशङ्का प्रशासनले उनलाई पक्राउ गर्ने र अदालतको आदेशले छाड्ने गर्दै आएको छ । उनीबिरुद्ध सार्वजनिक शान्तिविरुद्धको कसुरमा म्याद लिएर अनुसन्धान गरिने डीएसपी जबेगुले बताए ।

    प्रसाईं पछिल्लोपटक ४ फागुनमा काठमाडौंमा पक्राउ परेर १३ फागुनमा रिहा भएका थिए । उनलाई गैरकानुनी रुपमा हिरासतमा राखिएको दाबीसहित श्रीमती उमा प्रसाईंले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनुवाइ गर्दै सर्वोच्च अदालतका न्यायाधीशद्वय मनोजकुमार शर्मा र मेघराज पोखरेलको इजलासले थुनामुक्त गर्न आदेश दिएको थियो ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ