• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    विजनेश समाचार

    सुनको भाउ घट्दा बढ्यो चाँदी, आज कतिमा हुँदैछ किनबेच?

    286
    SHARES



    काठमाडौँ । नेपाली बजारमा आज (शुक्रबार) सुनको भाउ घटेको छ भने चाँदी बढेको छ। बिहीबार प्रतितोला ६ सय रूपैयाँ बढेको सुनको भाउ आज प्रतितोला पाँच सय रूपैयाँ घटेको हो।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख १४ हजार नौ सय रूपैयाँमा किनबेच भइरहेको छ। बिहीबार सुन प्रतितोला तीन लाख १५ हजार चार सय रूपैयाँमा कारोबार भएको थियो। यस्तै, शुक्रबार चाँदीको मूल्य भने बढेको छ।

    बिहीबार प्रतितोला पाँच हजार सात सय २५ रूपैयाँमा कारोबार भएको चाँदी शुक्रबार पाँच हजार सात सय ४० रूपैयाँमा कारोबार भइरहेको छ।

    यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला १५ रूपैयाँ बढेको हो। अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔंस पाँच हजार एक सय ८६ अमेरिकी डलरमा कारोबार भइरहेको छ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ