काठमाडौं । नेकपा(बहुमत)का महासचिव धर्मेन्द्र बास्तोला ‘कञ्चन’ रिहा भएका छन् । बिहिबार सर्बोच्च अदालतले कञ्चनलाई हिरासतमा राख्न नहुने भन्दै छाड्न आदेश दिएको हो ।
प्रहरीले फागुन ५ गते गिरफ्तार गरी १० दिनसम्म हिरासतमा राखेको थियो । कञ्चनको गिरफ्तारी गैरकानूनी भएको भन्दै ११ गते बन्दी प्रत्यक्षीकरण रिट दर्ता भएको थियो । उक्त रिटमा सुनुवाई गर्दै बहुमतका महासचिव कञ्चनलाई गिरफ्तार गर्नु गैरकानूनी भनेको भन्दै थुनामुक्त गर्न सर्बोच्चले आदेश दिएको हो ।
आगामी फागुन २१ गते हुन गइरहेको निर्वाचनले देशलाई निकास नदिने भन्दै निर्वाचन वहिष्कारको अभियानमा रहेको कञ्चनलगायत विभिन्न पार्टीका नेता कार्यकर्तालाई सरकारले धमाधम गिरफ्तार तथा निगरानी गर्दै आएको छ ।
चुनाव बहिष्कार गरेकै आरोपमा गिरफ्तार परेका नेकपाका अध्यक्ष ऋषि कट्टेल र नागरिक बचाउ अभियानका प्रमुख दुर्गा प्रसाईलाई हिजो मात्रै सर्बोच्च अदालतले छाडेको थियो।
प्रतिक्रिया