• आज :

ताजा अपडेट

ट्रेन्डिङ शिर्षक

  • News Portal

    • आज :

    समाचार

    निर्वाचनको लागि सशस्त्र प्रहरीलाई भारतले दियो १० हजार सेल टियर ग्याँस

    272
    SHARES



    काठमाडौँ । सशस्त्र प्रहरी बललाई भारत सरकारले अनुदानमा टियर ग्याँस सेल दिएको छ । फागुन २१ मा हुने प्रतिनिधिसभा सदस्य निर्वाचनको लागि भारत सरकारले सशस्त्रलाई टियर ग्याँस दिएको हो ।

    निर्वाचनमा प्रयोग गर्न १० हजार सेल टियर ग्याँस भारत सरकारबाट प्राप्त भएको सशस्त्र प्रहरी बलका एकजना उच्च अधिकृतले बताए । प्रतिनिधिसभा सदस्य निर्वाचनको लागी भारत सरकारले ५३८ वटा गाडी नेपाल सरकारलाई सहयोग स्वरूप हस्तान्तरण गरेको छ ।

    हालसम्म ५३८ वटा गाडी नेपाल आइपुगेको गृह मन्त्रालयका अधिकृतहरू बताउँछन् । भारतबाट बोलेरो जिप, स्कोर्पियो र स्कोर्पियो पिकअप आएको छ ।

    तीमध्ये सरकारले सशस्त्र प्रहरी बललाई ९३ वटा गाडी दिएको छ । भारतबाट गृह मन्त्रालय हुँदै आएका गाडीहरू ४४ जिल्लामा पठाइ सकिएको सशस्त्रका ती अधिकृतले बताए ।

      
    सञ्चारकेन्द्र
    [email protected]

    नेपालका उत्कृष्ठ १० अनलाइन पत्रिकाहरु भित्र पर्ने सञ्चारकेन्द्र डटकम २०७० जेठ १५ गतेदेखि सञ्चालनमा छ । यो अनलाइन मिडिया ‘सम्पूर्ण विचार, समाचार र सूचनाहरुको केन्द्र’का रुपमा स्थापित हुँदै गइरहेको छ ।

    सञ्चारकेन्द्रबाट थप +
    प्रतिक्रिया

    आजको ट्रेन्डिङ